२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

देश सम्पन्न बनाउन स्वदेशकै स्रोत साधनको सदुपयोग गरौँः कार्यकारी प्रमुख जोशी

बुधवार , बैशाख ३, २०८२

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले युरोप तथा अमेरिकाका बुद्धको अनुयायीहरुलाई नेपालको पर्यटनसँग जोड्नु पर्ने बताएका छन् ।

बुधवार काठमाडौमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले विश्वभर ५५ लाखभन्दा बढी बुद्धका अनुयायी भएको बताए। उनले युरोप र अमेरिकामा रहेका बुद्धका अनुयायीहरुले बुद्धिजमलाई विशिष्ट दर्शनका रुपमा ग्रहण गरेकाले ती युरोप र अमेरिका नेपालका लागि मूल्यमा आधारित बजार भएको बताए । उनले बुद्ध धर्मको तीन खण्ड मायाना, हिनायाना र थेरावादामध्ये विश्वका धेरै देशमा एक वा दुई खण्डको अभ्यास हुने तर नेपालमा तीनै खण्डको अभ्यास गर्ने अनुयायी भएकाले नेपालका लागि यो विशिष्ट पहिचान भएको बताए ।

म्यानमार, श्रीलंकालगायत कतिपय देशको राष्ट्रिय धर्म नै बुद्धिष्ट भएकाले बुद्ध जन्मिएको देश नेपालको विशिष्ट स्थान रहेको उनको भनाइ छ । उनले बुद्धिष्ट सर्किटको बारेमा नेपालका भन्दा पनि भारतका धेरै एजेन्ट्सहरुले प्रचारप्रसार गर्ने गरेको बताए ।

उनले भने, ‘हाम्रो धेरै जसो एजेन्ट्स जसले लुम्बिनीलाई शेयर गर्नुहुन्छ । नेपालको बुद्धिष्ट एट्याक्सनलाई शेयर गर्नुहुन्छ, त्यो चाहिँ इण्डिएन एजेन्ट्सहरुले बढी शेयर गर्नुहुन्छ हाम्रै साइट भएपनि । नेपाली एजेन्टस्हरु चाहीँ एकदम कम, छैन त नभनौँ तर धेरै कम गर्नुहुन्छ । सरसर्ती हेर्दाखेरि पाँच छ वटा कि साइटहरु छन् जहाँ चाहीँ बुद्धिस्ट सर्किट भनेर प्रचार गरिन्छ । बुद्ध जन्मिएको ठाउँबाट नेपाल एज ए बुद्धिष्ट सर्किट हुनुपर्छ र यसको लाभ चाहीँ नेपाली एजेन्टस्हरु र यो रिजनले नै त्यसरी यसलाई बुष्टिङ गर्नुपर्छ भन्ने धारणासहित यो शुरु भएको थियो । आजको दिनमा हाम्रा लिमिटेशन त निश्चित रुपमा छन् तर सम्भाव्यता हे¥यौँ भने करिव करिब साँढे पाँच सय मिलिएन बुद्धिष्ट फलोअर्सहरु छन् संसारमा । चारपाँच वटा देशको त स्टेटकै रिलिजन बुद्धिजम छ । जस्तो क्याम्बोडिया, भूटानको, श्रीलंकाको, म्यानमारको जस्ता कन्ट्रीहरु छन् जसको राष्ट्रिय धर्म नै बुद्धिजम भनेर छ । त्यो बाहेक पछिल्लो दिनमा बुद्धिजम धर्म भन्दा पनि एउटा स्पिरिचुलिजम फिलोसफीका हिसाबले अगाडि पार्छ र यसले गर्दा थुप्र्र्रै युरोपियन र अमेरिकन सेगमेन्टहरु बुद्धिजम लाई फलो गर्ने भएका छन्, जुन चाहीँ ट्रेडिश्नली भ्यालु बेस मार्केट भनेर चिनिएको मार्केट हो । त्यसलाई पनि हामीले अट्रयाक्ट गर्नुपर्ने छ । नेपालको विशेषता के रहेछ भने संसारका कतिपय बुद्धिष्ट कन्ट्रीहरुमा कि मायाना, कि हिनायाना कि थेरावादा मध्ये कुनै एउटा वा दुईटा सेगमेन्ट मात्रै मनाउने वा फलो गर्ने हुनुहुन्छ तर नेपालमा तीनवटै सेगमेन्ट फलो गर्ने क्राउड छ यो पनि नेपालको लागि विशिष्ट पहिचान हो । यही उद्देश्यसहित नाटाको एउटा एक्पोर्ट एक्जिविसनमा यो शुरु हुँदैछ ।’

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट