२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

धौलागिरिमा तीन वटा लामा झोलुंगे पुल निर्माण सुरु, ४ करोड ७० लाख लागत

बिहिवार , बैशाख ४, २०८२

म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धौलागिरि गाउँपालिका–३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएको हो ।

धौलागिरि गाउँपालिका–३ मुना र दर जोड्ने ३५५ मिटर र वडा नं ६ को खाउरीवाङ–धाइरिबोट जोड्ने ३६५ मिटर लामो झोलुंगे पुल निर्माणका लागि रामकृष्ण कन्ट्रक्सनसँग चार करोड ७० लाख ३६ हजार दुई सय ५० रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । पुलको भौतिक प्रगति ५० प्रतिशत भएको छ ।

आयोजनाका इञ्जिनियर मनिष अधिकारीले धौलागिरि गाउँपालिका–४ बगर तातोपानी कुण्ड जाने बाटोमा म्याग्दी नदी माथि २५० मिटर लामो झोलुंगे पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट विनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट