२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

बिहिवार , बैशाख ४, २०८२

काठमाडौँ । कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध भएको छ । जैविक कृषि उपजको प्रयोग र प्रवद्र्धनमा केन्द्रित काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनमा ‘मौलिक बजार’ सञ्चालनमा आएको छ ।

देशका ७५३ वटै पालिकाबाट संकलन गरिएका जैविक उत्पादनलाई उपभोक्तासम्म पुर्षउने उद्देश्यले सञ्चालनमा आएको बजारमा जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, मुगुको कोदो, डोल्पाका जडीबुटीलगायत खाद्यान्न पाइन्छ ।

कर्णालीका किसानलाई खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले बजार सुरु गरिएको हो । “एक स्थानीयय तह, एक उत्पादनको अवधारणा अनुसार कृषि उपजलाई ब्राण्डिङ गरेर बजार सञ्चालन भएको त्यसका सञ्चालक सुमन दाहालले बताए ।

“कर्णालीका उत्पादन मात्र नभएर मुलुकका सातवटै प्रदेशमा उत्पादन हुने कृषिसामग्री, हर्बल कस्मेटिक्स, मसला, अदुवा लसुन पेष्ट, हस्तकलाका सामान र मौलिक पहिचान भएका वस्तुको प्रवद्र्धन गर्नु बजारको उद्देश्य हो,” दीर्घकालीन रूपमा मुलुकको कृषि र ग्रामीण विकासमा योगदान पुर्याउने लक्ष्य सुनाउँदै उनले भने ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट