२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

नेपोनको अध्यक्षमा पुन: पाण्डे

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (नेपोन) को अध्यक्षमा विनोद पाण्डे चयन भएका छन् । काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पाण्डे चयन भएका हुन ।

उपाध्यक्षमा क्याप्टेन लालकाजी गुरुङ, महासचिवमा मदन केसी, उपमहासचिवमा तीर्थराज घिमिरे, सचिव (सङ्गठन विभाग) मा केदारप्रसाद देवकोटा, सचिव (विदेश विभाग) मा नारायणबहादुर श्रेष्ठ, सचिव (प्रचार विभाग) मा ध्रुवराज कार्की र सचिव (अर्थ) मा चन्द्रकुमार महतरा निर्वाचित भएका हुन।

महाधिवेशनबाट लेखा आयोग अध्यक्षमा मनोहरि कार्की, अनुशासन आयोगमा मिठाराम केसी, भेटरन कमिटी आयोगमा पुष्पराम केसी, सुरक्षा तथा स्वयंसेवक आयोगमा उद्धव रावल, निर्वाचन आयोगमा सुधीर थापा र सल्लाकार आयोगमा रवीन्द्र कार्की निर्वाचित भएका छन्। महाधिवेशनबाट पदाधिकारीसहित ९९ सदस्यीय कमिटी गठन भएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट