२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

गृहको व्यापक प्रशासनिक हेरफेर : ४२ उपसचिवको सरुवा, ११ जिल्लामा नयाँ सीडीओ(सूचीसहित)

शनिवार , आषाढ २०, २०८३

काठमाडौं गृह मन्त्रालयले ४२ जना उपसचिवको सरुवा गर्दै विभिन्न जिल्लाको प्रशासनिक नेतृत्वमा व्यापक हेरफेर गरेको छ। मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार सरुवाको सूची सार्वजनिक गरेको हो।

सरुवासँगै ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी परिवर्तन गरिएको छ भने विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) को समेत जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नियमित प्रशासनिक व्यवस्थापन, जनशक्ति सन्तुलन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले उपसचिवहरूको सरुवा गरिएको हो। नयाँ जिम्मेवारी पाएका अधिकारीहरू सम्बन्धित जिल्लामा छिट्टै पदबहाली गर्नेछन्।

सरुवापछि जिल्ला प्रशासन कार्यालयहरूको नेतृत्व परिवर्तन भएकाले स्थानीय प्रशासन, शान्ति–सुरक्षा व्यवस्थापन, विपद् तयारी तथा सेवा प्रवाहमा समेत नयाँ जिम्मेवारीका साथ काम अघि बढ्ने अपेक्षा गरिएको छ।

गृह मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार सरुवा भएका उपसचिवमध्ये केहीलाई प्रमुख जिल्ला अधिकारी, केहीलाई सहायक प्रमुख जिल्ला अधिकारी तथा केहीलाई मन्त्रालय र मातहतका निकायमा जिम्मेवारी दिइएको छ ।

हेर्नुहोस को काँहा पुगे

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट