२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः सभापति खतिवडा

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति ऐनलाई आगमी अधिवेशनमा संसदमा लैजाने गरी काम भइरहेको बताएका छन्।

शुक्रवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन। उनले विधेयकमा छलफल गर्दा कोही पनि सांसद पार्टीगत रुपमा प्रश्तुत नभएको र नहुने प्रतिवद्धता जनाए । उनले सांसदहरुले स्वतन्त्रतापूर्वक विधेयमाथि धारणा राख्नुभएको उल्लेख गर्दै व्यक्तिगत फाइदा नहेरी काम भइरहेको बताए। उनले मुलुकको हितका लागि कानून बन्ने बताए।

उनले भने, ‘हामी यहाँ पार्टीगत रुपमा प्रश्तुत भएका छैनौँ । जातिगत रुपमा प्रश्तुत भएका छैनौँ । माननीय सदस्यहरुले इन्डिपेण्डेट रुपमा आफ्ना कुराहरु राख्नुभएको छ, स्वतन्त्रतापूर्वक । मुलुक सुहाउँदो रुपमा कानून बनोस् । हामी व्यक्तिगत कसलाई फाइदा र कसलाई बेफाइदा नहुने गरी मुलुकको हितका लागि कानून आउनेछ । हामी जतिसक्दो चाँडो आगामी अधिवेशनमा यो विधेयक लैजाने तयारीका साथ लागेका छौँ ।’

समितिको अर्को बैठक वैशाख ८ गते बस्नेगरी स्थगित भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट