२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन सक्नुपर्छः महामन्त्री थापा

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली काँग्रेस पार्टीले अब समस्या देखाएर मात्र नहुने भन्दै समाधान दिनसक्नुपर्ने बताएका छन् ।

शुक्रवार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।नेपाली काँग्रेस पार्टीले नेपालमा रहेको रोजगारीको समस्याको समाधान दिनसक्नुपर्ने भन्दै निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुनुपर्ने बताए । मुलुकमा विद्यमान समस्याका सम्बन्धमा पार्टीले रुवाबासी गर्ने नभई समाधान दिनेगरी पार्टीको कार्यशैली र दृष्टिकोण परिवर्तन गर्नुपर्ने उनले बताए।

उनले भने, ‘काँग्रेस पार्टीले अब समस्या मात्र देखाएर हुँदैन । काँग्रेस पार्टीले अब समाधान पनि दिनुपर्छ । हामी समाधान दिने पार्टी हो । हाम्रो ड्युटी हो यो । नेपाली काँग्रेस पार्टीले नेपालमा रोजगारीको समस्या छ समाधान दिने हो । वैदेशिक रोजगारीको क्षेत्रलाई थप राम्रो बनाउने हो । अब पार्टीको काम गर्ने तरिका पनि बदलिनुपर्छ । पार्टीको दृष्टिकोण पनि बदलिनुपर्छ । अब हामीले गनगन गर्ने पनि होइन रुवाबासी गर्ने पनि होइन । अब समस्या भएको क्षेत्रमा काँग्रेस छ र समाधान दिन्छ भन्ने पार्टी बनाएर जान आवश्यक छ ।’

नेपाली काँग्रेसले आन्तरिक एवं वैदेशिक रोजगारीको सम्बन्धमा चिन्तन गरिरहेकोले छिट्टै समाधान दिने विश्वास व्यक्त गरे।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट