२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

शनिवार , बैशाख ६, २०८२

काठमाडौँ । नेपालको पर्यटन विकास र प्रवद्र्धनका लागि नीतिगत र संरचनागत सुधार जरुरी रहेको विज्ञ एवं सरोकारवालाहरुले औंल्याएका छन् ।

विदेशी पर्यटकको संख्या बढाउन र उनीहरुको नेपाल बसाई लम्ब्याउन नवीन गन्तव्यको प्रवद्र्धन गरी आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्ने उनीहरुको सुझाव छ ।

आइएचएम कलेजको आठौँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘पोलिसी कन्क्लेभ’ को प्यानल छलफलमा सहभागी पर्यटन विज्ञ एवं सिटीइभिटीका पूर्व सदस्यसचिव डा रामहरि लामिछानेले विदेशी पर्यटकलाई आकर्षण गर्न नेपालको आतिथ्य सेवालाई गुणस्तरीय बनाईनुपर्नेमा जोड दिए ।

उनले परम्परागत तौरतारिकाको पर्यटन प्रवद्र्धनले आजको समयमा सान्दर्भिक नहुने जनाउँदै डिजिटल प्रवद्र्धन र स्तरीय पर्यटकीय ‘प्याकेज’ घोषणा गरिनुपर्ने खाँचो औंल्याए । पूर्व सदस्य सचिव डा लामिछानेले नेपालमा उत्पादित दक्ष जनशक्तिलाई स्वदेशमै रोजगारी सुनिश्चितताका लागि सरोकारवालाले विशेष ध्यान दिनुपर्ने बताए ।

अर्का प्यानलिस्ट पर्यटन ‘विट’मा कलम चलाउने पत्रकार सिबी अधिकारीले नेपालमा विदेशी पर्यटक आगमन सुधार्न र उनीहरुको बसाई र खर्च लम्ब्याउन नीतिगत सुधारका साथै नयाँ पर्यटकीय उपजहरुको विकास गर्न जरुरी भएको बताए । उनले भने, “पर्यटकीय पूर्वाधारको भरपुर उपयोग गर्दै दिगो पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्छ । ”

हस्पिटालिटी गाइड्सका प्रमुख कार्यकारी अधिकृत सुराच प्रसाईले पर्यटन क्षेत्रका जल्दाबल्दा विषयलाई आगामी बजेटमा कसरी समेट्ने र विगतका कमजोरीलाई सच्याएर अगाडि बढ्ने सोचकासाथ कार्यक्रम गरिएको बताए । दोस्रो शत्रको प्यानल छलफलमा सहभागी रमदा इन्कोर होटलका महाप्रबन्धक महेस फुँयालले आतिथ्य उद्योगको लगानी र उत्पादित जनशक्तिको उपयोगका लागि नीतिगत सुधार जरुरी भएको औंल्याए ।

रोयल टुलिफ काठमाडौँ होटलका महाप्रबन्धक बलराम पाठकले होटल पूर्वाधारको लगानीको प्रतिफल सुनिश्चित गर्न र दक्ष जनशक्ति उत्पादनतर्फ सबै गम्भीर हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा सोल्टी होटलका ‘क्लस्टर ह्युमन रिसोर्स म्यानेजर’ खेम पौडेल, सोल्टकी लर्निङ डेभलपमेन्ट क्लस्टर डिरेक्टर’ डा रुपेश श्रेष्ठ, आइएचजी होटल ग्रुपका लर्निङ एन्ड क्वालिटी म्यानेजर भिलास खत्री, हस्पिटालिटी विज्ञ रविन्द्र सिंह, प्रनिसा ढुंगेललगायतले हस्पिटालिटी क्षेत्रमा देखिएका चुनौति र सरोकारपक्षका जिम्मेवारीका विषयमा आफ्नो विचार व्यक्त गरेका थिए ।

सहभागीहरुले नेपालमा विदेशी पर्यटक आगमन बढाउन नीतिगत सुधारका साथै, गुणस्तरीय पर्यटकीय सेवाको सुनिश्चिता, हवाई भाडा सहज बनाउने, सडकसञ्जाललाई चुस्त दुरुस्त बनाउने र नयाँ गन्तव्यहरुको पहिचान र समयसापेक्ष प्रवद्र्धनजस्ता विषयमा ध्यान पुर्याइनुपर्नेमा जोड दिए ।

आगामी बजेटमा नीतिगत संशोन, पर्यटन क्षेत्रका मूल मुद्दा, उद्योगको प्रवद्र्धनका साथै राष्ट्रिय प्राथमिकताप्राप्त पर्यटकीय आयोजनालाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट