२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौंः पर्यटनमन्त्री पाण्डे

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटनमा महिला उद्यमशीलता ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन। उनले पुरुषहरु वैदेशिक रोजगारका लागि विदेश पलायन भएकाले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताको सम्भावना र चुनौति दुवै भएको बताए। उनले महिला उद्यमशीलताका लागि पर्यटन क्षेत्र महत्वपूर्ण हुने बताए। महिलाले धैर्यतापूर्वक सोचेर करुणामैत्री भावले काम गर्ने भएकाले पर्यटन क्षेत्रमा महिलाको भुमिका उपयुक्त हुने बताए। उनले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग छलफल गरेर बजेटमा व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे। पर्यटनमा महिला उद्यमशीलता अर्थतन्त्रको पनि आधार बन्नसक्ने उनको भनाइ छ ।

उनले भने, ‘महिला उद्यमशीलताको विषय निकै सम्भावना र चुनौति बोकेको विषय हो । सम्भावनाको क्षेत्रलाई उजागर गर्ने हो भने मानिसहरु विदेश पलायन भइरहेको अवस्था संख्यात्मक दृष्टिकोणबाट पनि पुरुषहरु विदेश पलायन भएको गाउँहरु रित्तो भएको अवस्था छ । रित्तो भएको सन्दर्भमा पनि गाउँमा महिलाहरु हुनुहुन्छ । ७० प्रतिशत महिला हुनुहुन्छ । महिलाहरु देशभित्र हुनुहुन्छ । यो महिला उद्यमशीलता नै महत्वपूर्ण यतिखेरका लागि अर्थतन्त्रको आधार हुनसक्छ पर्यटन क्षेत्रमा महत्वपूर्ण रणनीति हुनसक्छ । यो विषयलाई छलफलको विषय राख्नुपर्छ । महिला उद्यमशीलता त्यो पनि पर्यटन क्षेत्रमा कसरी सम्भावना छ र चुनौतीका कुराहरु हामीले प्रत्येक छलफलमा एउटा खण्डा यो राख्यो भने समस्या उजागर हुन्छ र समाधान पनि निस्किन्छ । हामीलाई रोडम्याप पनि क्लियर हुन्छ । नीतिमा कानूनमा बजेट र योजनामा के गर्ने भन्ने कुरामा म गर्छौं भन्ने प्रतिवद्धता व्यक्त गर्छु ।’

मन्त्री पाण्डेले पर्यटन व्यवसायमा डिजिटल युगको अधिकतम उपयोग गर्नुपर्ने बताए । उनले सरकार र निजी क्षेत्रबीच विश्वासको संकट उत्पन्न भएको बताए उनले विश्वासको कमी हुँदा समस्या उत्पन्न हुने भएकाले सरकार र निजी क्षेत्रले एक आपसमा विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट