२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

प्रचण्डको जिकिरः नेवार समुदायको इतिहास अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवाद आउँछ

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको भ्रुण नेवार समुदायमा रहेको बताएक छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादको भ्रुण नेवार समुदायको इतिहासमा, उनीहरुको भाषा, संस्कृति, उत्पादनमा रहेको बताएका हुन । उनले नेवार समुदायका संरचनामा नै नेपाली विशेषताको समाजवाद रहेको उल्लेख गरे । उनले नेपालको इतिहासमा आदिवासी जनजातिहरुमध्ये नेवार समुदाय नै अग्रणी भुमिकामा रहेको जिकिर गरे। नेवार समुदायको इतिहास अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिने बताए।

अध्यक्ष दाहालले भने, ‘समाजवादको भ्रुण नेवार समुदायको इतिहासमा, उनीहरुको भाषा, संस्कृतिमा, उनीहरुको उत्पादन सम्बन्धमा, उनीहरुका गुठी लगायतका विभिन्न खालका संस्था संरचनाहरु जे बनेका छन्, त्यहीँ नेपाली विशेषताको समाजवाद छ । त्यसकारण मैले हाम्रो पार्टीका नेताहरुलाई नेपालको इतिहासमा आदिवासी जनजाति, त्यसमा पनि अग्रणी नेवार समुदाय नै हो । नेवार समुदायको इतिहासको अध्ययनबाट मात्रै, उनीहरुको भाषा, संस्कृतिबारे जानकारी लिएर मात्रै हामीले नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिन्छ । त्यसकारण यो सम्मेलनलाई एउटा विशेष शुरुवात, एउछा पहल, नयाँ बाटोतिर अघि बढ्ने पहलको रुपमा मैले लिएको छु । त्यहाँसम्म हामी आइपुगेका छौँ । ’

अध्यक्ष दाहालले सरकारका गलत काम र क्रियाकलापका कारण धमिलो पानीमा माछा मार्ने दुःशाहस गरेको भएपनि सफल नहुने जिकिर गरे।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट