२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

नेपाल बारसँग राज्य प्रणालीको इज्जत बढाउने नैतिक पुँजी छः अध्यक्ष मिश्र

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । नेपाल बार एशोसिएसनका नवनियुक्त अध्यक्ष विजय मिश्रले नेपाल बार एशोसिएसनसँग राज्य प्रणालीको इज्जत बढाउने नैतिक पुँजी भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल बार एशोसिएशनको वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन। उनले बार एशोसिएसनको फोरममा बसेर बेन्च राज्य प्रणालीको इज्जत बढाउनका लागि आवश्यक सम्पूर्ण काम गर्ने नैतिक पुँजी रहेको बताए। उनले अहिलेको बार एशोसिएशनसँग २०६२ ÷०६३ सालको कार्यसमितिको जस्तो अपेक्षा नगर्न पनि आग्रह गरे।

उनले अहिलेको परिस्थिति भिन्न रहेकाले भिन्नै तवरबाट समस्याहरुको समाधान हुनुपर्ने बताए। उनले आफूहरुले अध्ययन, तालिम, बार एशोसिएसनको भवन निर्माण, सजावट अनि वकिलहरुको क्षमता वृद्धिको लागि काम गर्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘बार एशोसिएशनको फोरममा बसेर बेन्च राज्य प्रणालीको इज्जत बढाउनका लागि आवश्यक सम्पूर्ण काम गर्ने नैतिक पुँजी हामीले बोकेका छौँ । त्यसमा थपथाप पनि गर्दिनुहुनेछ । यो बार एशोसिएशन २०६२ ÷०६३ सालको शम्भू श्रेष्ठ, शेरबहादुर सर, कुमार आचार्यको कार्यसमितिको जस्तो अपेक्षा नगर्नुस् किनभने परिस्थिति भिन्न छ । त्यो बेला निरंकुशतन्त्र थियो । अहिले राजा हटाउनु पर्ने अवस्था छैन, हटिसकेको छ । त्यसैले त्यो बेला जस्तो हामीले गर्ने हरेक कार्यक्रम बीबीसी सिएनएन आउँदैनन् । अब त्यो बेगल परिस्थितिको राजनीतिक माहोललाई अहिले पनि त्यसैमा जानुपर्छ भन्ने छैन । त्यो कुरालाई हामी गर्न सक्दैनौँ । त्यो कुरा विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु । अहिले परिस्थिति बेग्लै छ । हाम्रो मानक भनेको अध्ययन, तालिम, बार एशोसिएसनको भवन निर्माण, सजावट अनि वकिलहरुको क्षमता वृद्धिको लागि रहनेछ भन्नेकुरा विनम्रतापूर्वक अनुरोध छ ।’

अध्यक्ष मिश्रले वकिलसँग काम लिएर आउनेहरुलाई तुरुन्तै सेवा प्रदान गर्नुपर्ने बताए। बार एशोसिएशनको नयाँ कार्यसमितिले आज पदभार समेत ग्रहण गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट