शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नेपाली परिकारको माध्यमबाट नेपाललाई विश्वमा चिनाउनुपर्छः पर्यटनमन्त्री पाण्डे

नेपाली परिकारको माध्यमबाट नेपाललाई विश्वमा चिनाउनुपर्छः पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली परिकारको माध्यमबाट नेपाललाई विश्वमा चिनाउनुपर्ने बताएका छन् ।

शनिवारबाट शुरु भएको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीद्वारा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले नेपालको परिचय, नेपालीको परिचय, नेपाली खानपानको परिचय, परिकारको परिचयका माध्यमबाट नेपालको राष्ट्रियताको परिचयलाई व्यापक बनाउने र नेपालको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्ने बताए।

यो पेशा र व्यवसायलाई होटल र कृषिसँग जोड्न आवश्यक रहेको बताए । उनले अर्गानिक बाली र उत्पादनसँग जोड्नसके नेपाली परिकारहरुको महत्व अझै बढ्ने जिकिर गरे।

उनले भने, ‘नेपालको परिचय, नेपालीको परिचय, नेपाली खानपानको परिचय, परिकारको परिचयका माध्यमबाट नेपालको राष्ट्रियताको परिचयलाई व्यापक बनाउने र नेपालको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्छ । यो पेशा र व्यवसायलाई होटल र कृषिसँग जोड्नसक्यौँ, अर्गानिक बाली र उत्पादनसँग जोड्नसक्यौँ भने हाम्रो परिकारहरुको महत्व झनै बढ्छ । त्यसले व्यवसायिकतालाई, स्वरोजगारलाई, अर्थतन्त्रलाई योगदान गर्दछ । त्यो दिशामा पनि रहनुहुनेछ । ’

मेलामा सहभागी अन्तर्राष्ट्रिय नेपाली सेफ प्रकाश बुढाथोकीलै ३५ वटा देशमा रहेका नेपाली सेफहरु सम्मेलनकमा सहभागी रहेको बताए।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend