२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व संकलन

आइतवार , बैशाख ७, २०८२

नवलपरासी । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले चालु आर्थिक वर्षको नौ महिनामा २३ करोड ५४ लाख ३० हजार ९८० रुपैयाँ राजस्व संकलन गरेको छ ।

चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायत विभिन्न शीर्षकमा सो राजस्व संकलन भएको कार्यालय प्रमुख सुरेश जैसवालले बताए ।

“यो अवधिमा सवारीसाधन कर संकलनबापत १९ करोड १२ लाख ३६ हजार ८२० रुपैयाँ, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत चार करोड नौ लाख ५४ हजार ६५५ रुपैयाँ, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा २३ लाख ५८ हजार ४६० रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कबापत आठ लाख ७५ हजार ६०० राजस्व संकलन भएको छ”, उनले भने ।

यातायात व्यवस्था कार्यालयले कर सङ्कलनलाई व्यवस्थित र प्रभावकारी बनाउन चैतमा विशेष अभियान नै सञ्चालन गरेको कार्यालय प्रमुख जैसवालले बताए । यो अभियानअन्तर्गत बिलबुक नवीकरण, जाँचपास, रुट परमिट तथा सवारी चालक अनुमतिपत्रको जाँचलाई विशेष प्राथमिकता दिइएको थियो । अभियानको सकारात्मक प्रभावका रूपमा चैतमा मात्र चार करोड ८० लाख २५ हजार ६२५ रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।

“प्रदेश सरकारले राजस्व वृद्धि गर्ने लक्ष्यसहित कर सङ्कलन प्रक्रियालाई चुस्तदुरुस्त बनाउन विशेष योजना अघि बढाएको थियो, सोहीअनुसार राजस्व सङ्कलन पनि वृद्धि भयो”, उनले भने, “यातायात सेवालाई नियमित र पारदर्शी बनाउँदै कर संकलनका लागि विभिन्न अभियान सञ्चालन गर्ने गरेका छौँ ।”

सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न यातायात कार्यालयले विशेष व्यवस्था गरेको सूचना अधिकारी टेकनारायण तिवारीले बताए । कर तिर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न अतिरिक्त कर्मचारी खटाइएको उनले जानकारी दिए ।

“सेवा लिने क्रम छिटो होस् भन्ने उद्देश्यले छुट्टै काउन्टरको व्यवस्था गरिएको छ”, उनले भने, “कर तिर्दा आवश्यक पर्ने कागजात तथा अन्य जानकारी सहजै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।” गत आव २०८०÷८१ मा यातायात व्यवस्था कार्यालयले ३० करोड ३५ लाख ५३ हजार ९५३ रुपैयाँ संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट