
काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको मूल्य स्थिर रहँदै आज प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको हो ।
शुक्रबार छापावाल सुनको मूल्य पनि १ लाख ८९ हजार ८०० मा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend