२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

आज २०८२ साल वैशाख ८ गते सोमबारको राशिफल

सोमवार , बैशाख ८, २०८२

मेष : तपाईंका लागि आजको दिन राम्रो छ। तपाईंले बनाएको योजना सफल बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा लगानी गरेको भए सफलता प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : दिन राम्रो छ। सफलताका लागि मिहिनेत गर्नुपर्ने दिन छ। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा तपाईंका कामको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : परिवारमा झन्झट आइपर्ने खतरा छ। अप्रिय खबरले मन अशान्त बन्नेछ। सामाजिक र राजनीति क्षेत्रमा विवाद हुने देखिन्छ। स्वास्थ्यमा ख्याल गर्नु राम्रो हुन्छ।

कर्कट : आज तपाईंका लागि दिन धेरै राम्रो छ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। वैदेशिक लगानीबाट उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दैनिकी सामान्य छ। झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट घाटा हुने जोखिम छ। प्रेम सम्बन्धमा खटपटी हुने छ। जुनसुकै क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ।

कन्या : दिन राम्रो छ। श्रमको उचित मूल्यांकन हुनेछ। धेरै बोल्ने साथी कमजोर बन्नेछन्। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रको कामबाट सम्मान मिल्नेछ। लामो यात्रा नगर्नु राम्रो हुनेछ।

तुला : संघर्ष गर्नुपर्ने दिन छ। अवसरको सदुपयोग गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने दिन छ। आफ्ना भनिएका साथीसँग प्रतिवाद गर्नुपर्ने हुनसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। शरीरमा आलश्य बढ्नेछ। राम्रो काम गरे पनि गलत अर्थ लाग्नसक्छ। परिवारमा मेलमिलाप हुनेछ। सामाजिक कामले समाजमा प्रतिष्ठा बढ्नेछ।

धनु : दिन राम्रो छ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। धेरै साथीभाइले तपाईंको कामको प्रशंसा गर्नेछन्। शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा गरेको लगानीले लाभ हुनेछ।

मकर : आजको दिन धेरै नै राम्रो छ। शिक्षाको लगानीबाट उत्साह मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : आज तपाईंको खर्च बढ्नेछ। समय सामान्य छ। अनावश्यक उदासिनता आइपर्ने छ। लगानीको क्षेत्रबाट भने सामान्य नाफा हुनेछ। राजनीतिक यात्रामा अवरोध खडा हुनेछन्।

मीन : गणेशको सेवा गरेमा फाइदा हुनेछ। हतियार चलाउने भए सचेत हुनु राम्रो हुन्छ। यात्रा गर्दा विशेष ध्यान दिनु राम्रो हुन्छ। न्यायपूर्वक गरेको श्रमबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट