२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च न्यून, २७ प्रतिशत मात्रै

सोमवार , बैशाख ८, २०८२

पर्सा । पर्साका सरकारी कार्यालयको विकास निर्माण लक्षित पुँजीगत खर्च न्यून देखिएको छ ।

चालु आवमा पर्साका सरकारी कार्यालयका लागि दुई अर्ब ७३ करोड रुपैयाँ पुँजीगत खर्च विनियोजन गरिएकोमध्ये चैत मसान्तसम्मको अवधिमा भने २७ दशमलव ९६ प्रतिशत अर्थात् ७६ करोड ६० लाख रुपैयाँ रकम मात्रै खर्च गरेका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका सरकारी कार्यालयले अपेक्षाकृत ढंगले पुँजीगत खर्च गर्न नसकेको बताए ।

“चालु आव सकिन अब तीन महिनाभन्दा कम समय छ”, उनले भने, “संघीय सरकारको हाराहारीमा पनि यहाँका कार्यालयले पुँजीगत खर्च गर्न सकिरहेका छैनन् ।” उनले पुँजीगत खर्च गरेर विकास निर्माणका कार्यलाई अघि बढाउनका लागि अनुरोध गरे ।

पर्साका सरकारी कार्यालयका लागि चालु आवमा चालु खर्चतर्फ १० अर्ब ६२ करोड रुपैयाँ विनियोजनमध्ये ६४ दशमलव ८९ प्रतिशत अर्थात् छ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको छ । पर्साका सरकारी कार्यालयले चालु आवको चैत मसान्तसम्मको अवधिमा एक खर्ब ६१ रुपैयाँ राजस्व संकलन गरेका छन् ।

यहाँका सरकारी कार्यालयले गत आवको सोही अवधिमा भने एक खर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेका थिए । पर्सामा करिब ६० भन्दा धेरै संघीय सरकार मातहतका कार्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट