
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण आज न्यायाधीश हरि फुयाँलको इजलासमा उक्त रिटको सुनुवाइ हुँदै छ ।
आज सभापति लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षकरणको रिटमा सुनुवाइ हुन लागेको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गरेको थियो ।
सोही आदेशबमोजिम लामिछाने यही चैत २२ गते पक्राउ परी पुर्पक्षका निम्ति थुनामा छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend