२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

कर्मचारीको कुलिङ पिरियडमा विभेदकारी नीति राख्न नहुने: काँग्रेस सांसद थानी

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । नेपाली काँग्रेसका सांसद ह्रदयराम थानीले कुटनीति र न्याय सेवालाई छुट दिई अन्य सेवामा कुलिङ पिरियड राख्न नहुने बताएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमवारको बैठकमा बोल्दै उनले संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा विभेदकारी नीति राख्न नहुने बताए । उनले सरकारले सबै कर्मचारीहरुलाई समान व्यवहार गर्नुपर्ने बताए। सबै सेवाका कर्मचारीहरुको हकमा कम्तिमा दुई वर्ष कुलिङ पिरियड राख्नु उपयुक्त हुने उनको भनाइ छ । उनले विधेयकलाई टुंगोमा पु¥याउन गठित उपसमितिमा पाँच जनाले कुलिङ पिरियड एक वर्ष राख्नुपर्ने भन्दै नोट अफ डिसेन्ट लेखेका थिए ।

सांसद थानीले भने, ‘कुलिङ पिरियडको विषयमा न्यायाधीश र कुटनीतिकहरुको बारेमा के राखिएको बताइदिनुप¥यो । यसमा सबैलाई समान अधिकार र व्यवहार गर्नुपर्छ भन्ने हो । जे नेपाली नागरिकले पाइरहेको छ त्यो सबैले पाओस् भन्ने दृष्टिकोण मेरो हो । उपसमितिका सदस्यहरुमध्ये कसैले दुई वर्षको राख्ने भन्नुभएको छ । कसैले एक वर्षको राख्नुभएको छ । के गर्दाखेरि उपयुक्त हुने हो, म त दुई वर्षकै पक्षमा हो । दुई वर्ष राख्दाखेरी नै यो मुलुकको भविष्य राम्रो हुन्छ भन्ने कुरा म राख्न चाहन्छु ।’

उनले निजामति कर्मचारीहरुले आचारसंहिता पालना गर्ने नगरेको गुनासो आउने गरेको भन्दै आचारसंहिता पालना गर्न वाध्यकारी व्यवस्था गर्नुपर्ने बताए। उनले कर्मचारीलाई आचारसंहिता पालना गराउन कारबाहीको व्यवस्था गर्न सभापतिसमक्ष सुझाव दिए। उनले संघीय निजमति विधेयक सर्वसम्मतिले पारित गरेर पठाउन समेत आग्रह गरे। उनले कर्मचारीका मागहरु सम्बोधन गर्न नसकिए शिक्षकहरु जस्तै सडकमा आउने स्थिति बन्नसक्ने भन्दै कर्मचारीमैत्री ऐन बनाउन जरुरी रहेको पनि बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट