२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सुशासन र विकास सरकारको मुख्य प्राथमिकता छः प्रधानमन्त्री ओली

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकास सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन्।

सोमवार नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन। मुलुकमा सुशासन कायम गर्दै विकास निर्माणको गति बढाउने ध्याउन्नमा सरकार अगाडि बढिरहेको उनको दाबी छ । उनले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै यसअघिको सरकारले मुलुकको अर्थतन्त्र खोक्रो बनाएको आरोप लगाए। उनले देशभर ७ हजार योजना रहेकोमा प्रचण्ड नेतृत्वको सरकारले ११ हजार योजना थपेर १८ हजार पु¥याएको उल्लेख गरे।

उनले भने, ‘कुरा उल्टाउने, पल्टाउनेहरुले धेरै खालका गर्छन् । गर्न दिउँ । हामी देशलाई अगाडि बढाउँछौं । संंक्षिप्तमा भन्दा अहिलेको आवश्यकता प्रमुख कुराहरु हुन् सुशासन र विकास । यी कुराहरु हामी अगाडि बढाएर छोड्छौं । अहिले त्यही ध्याउन्नमा छ सरकार । देशको अर्थतन्त्र साच्चै खोक्रो र रित्तो बनाएको रहेछ । यसभन्दा अगाडि वास्तवमा नबुझिकन कदम चाल्ने वा बुझेर नै देशलाई बर्बाद पार्न खोज्ने के हो म भन्न सक्दिन । यति साह्रै नबुझ्ने त कसरी होला तर देशमा ७०० आयोजना थिए । बजेट घोषणाभन्दा अगाडि ११ हजार योजनाहरु थप्दिहाल्छन् । योजना १८ हजार पु¥याएर बजेट भद्रगोलसँग बाँडेर अहिले त्यसको पैसा कहाँबाट तिर्ने बजेट छैन । ’

यस वर्षभित्र मुलुकको अर्थतन्त्रलाई ट्र्याकमा ल्याइसक्ने उनको दाबी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट