२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

मन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उनको निजी सचिवालयले जानकारी दिएको हो। पार्टीको बैठकमा समेत शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्रीले जथाभाबी बोल्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकि थिइन्।

मन्त्री भट्टराईले आन्दोलनकारी शिक्षकहरूसँग समेत भेटघाट गरेकी थिइन् । त्यसक्रममा उनले शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफल हुँदै गरेको र यसलाई चाँडै टुङ्ग्याउन आफू प्रतिबद्ध रहँदै आएको बताएकी थिइन् । उनको मन्त्रालयले शिक्षकहरूलाई पटक पटक वार्ताका लागि बोलाइरहेको थियो तर शिक्षकहरूले भने अटेर गर्दै आएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट