२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

गणतन्त्रलाई संस्थागत गर्न रासस फोटो पुस्तक उपयोगी: प्रथम राष्ट्रपति डा यादव

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामबरण यादवले गणतन्त्रलाई संस्थागत गर्न रासस फोटो पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

ललितपुरको भैँसेपाटीस्थित निवासमा आज राष्ट्रिय समाचार समितिद्वारा प्रकाशित ‘रासस फोटो किताब ः गणतन्त्रको १६ वर्ष’ ग्रहणका क्रममा प्रथम राष्ट्रपति डा यादवले गणतन्त्र स्थापनापछि केही भएन भन्नेहरुका लागि तस्बिर सङ्गहित पुस्तक गतिलो जवाफ भएको बताए।

उनले गणतन्त्रपछिको पछिल्लो अवधिमा ‘मुलुकमा विकास निर्माणको अवस्था कस्तो छ, प्रगति के भए, सांस्कृतिक पक्ष कुन अवस्थामा छ र ती सम्पादको संरक्षण र निरन्तरता’ लगायतका विषयवस्तुलाई समेटेर तयार गरिएको फोटो पुस्तक अत्यन्त उपयोगी भएको धारणा व्यक्त गरे।

प्रथम राष्ट्रपति डा यादवले भने, “राससले प्रकाशन गरेको फोटो पुस्तक आफैमा महत्वपूर्ण छ, पुस्तकले केवल तस्बिर, संस्कृति र विकास निर्माणका बारेमा मात्र बोल्दैन, नयाँ र पुराना पुस्तालाई जोड्ने काम पनि गरेको छ । अहिलेका नयाँ पुस्तालाई इतिहासको विभिन्न कालखण्डका रीतिरिवाज, चालचलन र विकास निर्माणसँग सम्बन्धित गतिविधिलाई समेत जानकारी गराउन यो पुस्तक अत्यन्त महत्वपूर्ण दस्तावेदका रुपमा स्थापित हुनेछ ।”

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट