२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

आर्थिक शिथिलता पार लगाउन निजी क्षेत्रको मार्गचित्र मान्न सरकार तयार छः उद्योगमन्त्री

सोमवार , बैशाख ८, २०८२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार व्यवसायी फस्टाउने गरी सहुलियत दिने नीति निर्माण गर्ने तयारीमा लागेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले पुँजी बजारलाई गतिशिल बनाउन नीतिमा भएका समस्या समाधान गर्न सरकार लागेको बताए । उनले निजी क्षेत्रले स्वदेशी कृषि उत्पादनलाई वृद्धि गरी निर्यात गर्ने अवसर आएको बताए । उनले अहिलेको सरकार निजी क्षेत्रमैत्री भएको दाबी गरे । नेपालको आर्थिक शिथिलतालाई पार लगाउन निजी क्षेत्रका व्यवसायीले तयार पारेको मार्गचित्र मान्न सरकार तयार रहेको उनको भनाइ छ । उनले व्यवसायीको मागअनुसार आयात निर्यात तथा तेस्रो देशमा निर्यात गर्दा लगाइएको शुल्कबारे सरकारले पुनरावलोकन गर्ने समेत बताए । नेपालमा भएका रैथाने कृषि वस्तुको ब्राण्डिङ र लेवलिङ गरेर निर्यात गर्न सके देश धनी हुने उनले बताए ।

उनले भने, ‘हामीसँग उन्नत खालका रैथाने बालीहरु छन् । एउटा बाली सिजनमा नौ महिना दश महिनासम्म पाक्छ । त्यसको उत्पादन वृद्धि गर्न सकियो भने हामी चाहीँ मनग्गे धनी हुन्छौँ, यो बाली फस्टाउन सक्दैनौँ रु नेपालको दालकै कुरा गरौँ जुम्लामा पाइने सिमी, दार्चुलाको खण्डेश्वरी हिमालमा फलेको सिमी यस्ता थुप्रै रैथाने बाली नेपालको ब्राण्ड हो । त्यसलाई ब्राण्डिङ गर्ने, प्याकेजिङ गर्ने, लेबलिङ गर्ने, उत्पादन वृद्धि गर्ने, निजी क्षेत्रलाई त्यो अवसर छैन । त्यो अवसर हामी देख्दैनौँ । खाली कस्टममा बसेर थोरै त्यताको पैसा चलाएर व्यवसाय सुध्रिन्छ । नुन तेल र दालको संघ बनाए मात्रै त हुँदैन होला । आज नेपालले फुड क्राइसिसबाट फुड सेक्युरिटीमा पुगेर अझ त्यसलाई एक्स्पोर्ट गर्नेतिर कसरी पुग्छौँ भन्ने खालको प्लानिङ चाहियो । त्यो सम्भव छ । असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ । त्यसैले आजको छलफलले धेरै सम्भावनाका ढोका खोलेको छ । म के भन्न चाहन्छु भने अहिले हामी बजेटको नीति कार्यक्रमको पूर्वसन्ध्यामा निजी क्षेत्रका यति धेरै व्यक्तित्वहरु निजी क्षेत्रलाई लिड गर्ने व्यक्तित्वहरु यहाँ हुनुहुन्छ । अहिले सरकार निजी क्षेत्रमैत्री बनेको छ सँगै यात्रा गरी रहेको छ । त्यो आर्थिक सुधार कसरी हुन्छ । आर्थिक शिथिलतालाई कसरी पार लगाउन सकिन्छ भन्ने सबै भुमिकामा उहाँहरुले भन्ने निष्कर्ष नै सरकारले मान्दैछ । तपाईँहरुको निष्कर्ष हामी मान्न तयार छौँ । त्यो सहयात्रा होइन । अहिले हामी यो बजेट तपाईंले कहाँ कहाँ ट्यारिफ ड्युटीका कुरा सरकारले लगाएका आयात निर्यात तेस्रो मुलुकमा लागेको ड्युटी त्यसलाई कसरी गर्ने यी सबै सरकारलाई छोड्नुस्, त्यसको जिम्मा सरकारले लिन्छ । तपाईंलाई कहाँ सहुलियत दिनुपर्छ भन्ने नीतिमा सरकार यतिबेला व्यवसायी फस्टाउन नेपालको पूँजी बजारलाई गतिशिल बनाउन नीतिमा रहेका समस्यालाई समाधान गर्न चाहन्छौँ ।’

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट