२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै समयमा हुने

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै समयमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए । सबै विद्यालयबाट समयमै परीक्षा होस भन्ने आएको र सबै जिल्लाका परीक्षा समन्वय समितिलाई जहाँजहाँ केन्द्र तोकिएको छ, त्यहाँ परीक्षा सञ्चालन गर्ने सन्दर्भमा आवश्यक तयारी गर्न अनुरोध गर्ने निर्णय गरिएको उनले बताए ।

शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कक्षा १२ को परीक्षा तोकिएको समयमा हुने शंकाबीच परीक्षा बोर्डले यस्तो निर्णय गरेको हो । योसँगै परीक्षा वैशाख ११ मा सुरु भई २४ गते सकिनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट