शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

बेपत्ता र सत्यनिरुपण आयोगको पदाधिकारीका लागि १११ जनाको आवेदन [नामावलीसहित]

बेपत्ता र सत्यनिरुपण आयोगको पदाधिकारीका लागि १११ जनाको आवेदन [नामावलीसहित]

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीका लागि १११ जनाको आवेदन परेको छ ।

कानुन मन्त्रालय मातहतको नाम सिफारिस समितिको सचिवालयले वैशाख ८ गतेको निर्णयबाट आयोगका अध्यक्ष र सदस्य पदका लागि परेका आवेदनको आधारमा नामावली सार्वजनिक गरेको हो । जसमा व्यक्तिगत रुपमा ८२ जना र संस्थागत रुपमा २९ जनाको नामबाट सिफारिस समितिसमक्ष आवेदन परेको हो ।

आयोगको अध्यक्ष र सदस्य पद नियुक्तिका लागि गत चैत २८ गते सूचना प्रकाशित गरिएको थियो । आवेदन दिनेहरुमा झापाका अग्निप्रसाद थपलिया, धादिङका गोपालप्रसाद लम्साल, पाल्पाका विश्वराज कोइराला, भक्तपुरका उमेश प्रसाद, काठमाडौंकी रेश्मा थापा, बाँकेका विजयसिंह सिजापति, प्युठानका डिल्लीराज आचार्य, धनुषाका नोगन्द्रलाल कर्णलगायत छन् ।

संक्रमणकालीन न्यायसँग सम्बिन्धत आयोग २०७९ साउनदेखि नै पदाधिकारीविहीन छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend