२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

एनसेल बन्यो डाटा सेन्टर र क्लाउड सेवा सुचिकृत गर्ने पहिलो कम्पनी

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । नेपालको दूरसञ्चार कम्पनी एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा सूचिकृत हुने पहिलो र एकमात्र कम्पनी बनेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागले आइतबार एनसेललाई दुबै सेवामा कानुनी मान्यता प्रदान गरेको हो।

सूचना प्रविधि विभागले डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१ अनुसार कम्पनीको प्रत्यक्ष निरीक्षण, पेश गरिएका निवेदन र कागजातहरूको विस्तृत अध्ययन पश्चात् एनसेललाई सूचिकृत गरेको जनाएको छ।

निर्देशिका अनुसार देशभर सञ्चालनमा रहेका सेवा प्रदायकले ६ महिनाभित्र सूचिकृत हुनुपर्ने कानुनी व्यवस्था छ। एनसेलले यो समयसीमाभन्दा अगावै सूचिकरण प्रक्रिया पूरा गरेको हो। सूचिकरणपछि अब कम्पनीले कानुनी रुपमा डाटा सेन्टर र क्लाउड सेवा प्रदान गर्न सक्ने अधिकार प्राप्त गरेको छ।

हाल एनसेलले ललितपुरको नख्खुमा अत्याधुनिक टियर थ्री डाटा सेन्टर सञ्चालनमा ल्याएको छ, जुन बैंक, सरकारी निकाय तथा ठूला व्यवसायका लागि उपयोगी हुने बताइएको छ। यस्तै, पोखरा र हेटौडामा डिजास्टर रिकभरी डाटा सेन्टरहरू पनि सञ्चालनमा छन्।

एनसेलका चीफ बिजनेस अफिसर डिओन एसेन्सिओले सूचिकरणप्रति खुशी व्यक्त गर्दै भने, “हामीले साइबर सुरक्षा र डेटा गोपनीयतालाई उच्च प्राथमिकता दिएका छौं। यसले सरकारबाट मान्यता पाउने प्रक्रिया सहज बनाएको हो। डिजिटल नेपाल भिजन अनुसार हामी सूचना प्रविधि क्षेत्रमा योगदान दिन प्रतिबद्ध छौं।”

सरकारले सूचिकरणमार्फत डाटा सेन्टर तथा क्लाउड सेवा क्षेत्रलाई सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने लक्ष्य राखेको छ। यसले देशमा सूचना प्रविधिको प्रभावकारी नियमन र साइबर सुरक्षालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट