२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

आज २०८२ साल वैशाख १० गते बुधबारको राशिफल

बुधवार , बैशाख १०, २०८२

मेष : दिन सामान्य छ। साथीको सहयोग प्राप्त हुनेछ। धन र ज्ञान आर्जन गर्ने दिन छ। शिक्षामा गरेको लगानीले उत्साह बढाउने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मिथुन : दिन सामान्य छ। लामो समयदेखि मिहिनेत गरेको काम सफल बन्नेछ। खानपानमा विशेष ख्याल गर्नु राम्रो हुन्छ। व्यवहार गर्दा चुनौतीको समाधान गर्नुपर्नेछ। तपाईंको सम्मान हुनेछ। शिक्षामा लगानी गरेको भए उत्साह बढ्नेछ। परिवारमा भने शंकाउपशंका हुनसक्ने जोखिम देखिन्छ।

कर्कट : दिन राम्रो छ। अचानक रोगको प्रकोप देखा पर्नसक्छ। शिक्षामा सफलता प्राप्त हुनेछ। व्यापारमा लाभ हुनेछ। सामाजिक सेवा र राजनीतिक क्षेत्रमा रुची बढ्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ। पेट सम्बन्धी समस्या देखिने भएकाले खानपानमा विशेष ख्याल गर्नु राम्रो हुनेछ। लगानी भए व्यापारमा फाइदा हुनेछ।

कन्या : दिन सामान्य छ। लगानी र श्रमबाट उचित फल प्राप्त हुनेछ। बोल्दा सोचेर बोल्नु राम्रो हुन्छ। स्वदेशको लगानीमा मन खुशी हुनेछ। विदेशको धनप्रति आकर्षण बढ्नेछ। परिवार र प्रेम सम्बन्ध सुखमय बन्नेछ।

तुला : आजका लागि तपाईंको दिन धेरै नै राम्रो छ। हरेक क्षेत्रमा उत्साह बढ्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। सन्तान खुश मिल्ने योग छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीले उत्साह बढाउने छ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : दिन सामान्य छ। शरीरमा रोग बढ्नेछ। खानपानमा विशेष ख्याल गर्नु राम्रो हुन्छ। शिक्षामा लगानी गरेको भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वदेशमै गरेको श्रमले मनमा उत्साह थपिने छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। विद्या, बुद्धि र व्यापारको क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक लगानीबाट ठुलो उपलब्धि हात लाग्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा सुख र शान्ति रहने योग छ। मन खुशी हुनेछ।

मकर : दिन राम्रो छ। कुनै काम गर्नु परेमा परिवारको साथ लिनु राम्रो हुन्छ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ। व्यापारमा नाफा आर्जन हुनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। सञ्चित धन खर्च हुनेछ। घुमघामको नाममा खर्च बढ्नेछ। आफन्तले विरोध गरेको सुन्नुपर्नेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मीन : तपाईंका लागि दिन खराब छ। लगानी नगर्नु उचित हुन्छ। हरेक क्षेत्रमा शंका बढ्ने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। खानपानमा सचेत नभएमा रोगको प्रकोप फैलिने खतरा छ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट