२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

अदालतको आदेशअनुसार तोकिएको समयमा नै महाधिवेशन हुन्छ : शेष घले

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिका संयोजक एवं संघका पूर्वअध्यक्ष डा शेष घलेले पूर्वनिर्धारित कार्यातालीकाअनुसार नै महाधिवेशन हुने बताएका छन् ।

वैशाख २०—२२ गते हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए । संयोजक घलेले सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयको निर्देशन र तालुक मन्त्रालय परराष्ट्रको समन्वयमा तोकिएको समयमा नै एकताको महाधिवेशन हुने बताए ।

संयोजक घलेले सर्वोच्चको आदेशअनुसार ६ महिनाभित्र एकता महाधिवेशनका लागि आफ्नो नेतृत्वको समितिले जिम्मेवारीपूर्वक काम गरी महाधिवेशनको तयारी अन्तिम चरणमा पुर्याएको बताएका हुन् । विश्वका बिभिन्न मुलुकबाट प्रतिनिधिहरु काठमाडौं आउने क्रम शुरु भएको उनले जानकारी दिए । उनले सर्वोच्चको आदेश पालना गर्नु सबैको साझा दायित्व भएको जनाउँदै पुनः मिति परिवर्तन गर्नु ‘रुल अफ ल’को बर्खिलाफमा जाने कार्य भएका कारण आफूहरुले त्यसो गर्न नसक्ने बताए ।

वर्तमान एनआरएनएलाई रिब्राण्डिङसहितको नयाँ एनआरएनए बनाउने अभियानमा लाग्न उनले सबैलाई आग्रह गरे । उनले नयाँ र सुधारिएको एनआरएनए बनाउने अभियानमा आफूहरु रहेको बताए ।

उनले कानूनको सर्वोच्चताको पालना गर्दै खुला छलफल, वार्ता र संवादको माध्यमबाट संस्थालाई एकजुट बनाउन र तोकिएको मितिमा काठमाडौंमा भेला भएर संघको एकता महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आ—आफ्नो क्षेत्रबाट पहल गर्न सबै गैरआवासीय नेपालीलाई आग्रह गरे ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट