२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

बागमतीमा लक्ष्यअनुरुप राजस्व उठेन, ९ महिनामा १६ अर्ब ७४ करोड संकलन

बुधवार , बैशाख १०, २०८२

बागमती । बागमती प्रदेशमा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको सम्बन्धित कार्यालयका कर्मचारीले बताएका छन् । घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्रीमा आएको गिरावटसँगै लक्ष्यअनुरूप राजस्व संकलन हुन नसकेको हो ।

घरजग्गा रजिस्ट्रेसन (मालपोत) र सवारी कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएकामा नौ महिनामा १६ अर्ब ७४ करोड २० लाख ८६ हजार रुपैयाँ मात्र संकलन भएको छ ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालका अनुसार आव २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसनबाट सात अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा नौ महिनामा तीन अर्ब ३९ करोड ७१ लाख ७० हजार रुपैयाँ संकलन भएको छ ।

त्यसैगरी, सवारीसाधन जाँचपास, ‘रुट परमिट’, सवारीचालक अनुमतिपत्र जारी तथा नवीकरणअन्तर्गत सवारीकरबापत आव २०८१/८२ मा सात अर्ब ५० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण भएकामा नौ महिनामा चार अर्ब ९३ करोड ५४ लाख ८९ हजार रुपैयाँ मात्र संकलन भएको छ ।

मूल्य अभिवृद्धि कर (भ्याट) बापत आठ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा पाँच अर्ब ६४ करोड ८१ लाख रुपैयाँ संकलन भएको छभने अन्तःशुल्क करबापत तीन अर्ब ६९ करोड ३६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा एक अर्ब ९२ करोड ४१ लाख २१ हजार रुपैयाँ मात्र असुली भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट