काठमाडौँ । मंगलबार तोलामा २ लाख नजिक पुगेको सुनको मूल्य बुधबार भने घटेको छ ।
नेपाली बजारमा आज बुधबार सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँले घटेको हो । सुन मंगलबार अहिले सम्मकै उच्च मूल्यमा पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया दिनुहोस