२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

को हुन् कश्मीर हमलामा परेका नेपाली युवक ?

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । भारत प्रशासित जम्मू कश्मीरमा बन्दुकधारीहरूले मंगलबार गरेको हमलामा २६ जना पर्यटकको ज्यान गएको छ ।

जसमा एक नेपाली युवकको पनि मृत्यु भएको छ । हमलामा परी मृत्यु हुनेमा रुपन्देही बुटवल घर भएका २७ वर्षीय सुदीप न्यौपाने रहेको पुष्टि भएको छ।

दिल्लीस्थित नेपाली दूतावासलाई उदृत गर्दै बीबीसी नेपालीले सुदीप आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित कश्मिर घुम्न गएका थिए । नेपाली राजदूतावासका अनुसार मृतक धरानमा इन्जिनिअरिङ विषय अध्ययरत विद्यार्थी थिए।

ूउनकी आमालाई पनि भाग्ने क्रममा चोटपटक लागेको लागेको बताइएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार सुदिपको शवलाई बुधबार नेपाल ल्याउने तयारी गरिएको छ । वडाध्यक्ष न्यौपाने र सुदिप न्यौपाने नातामा काका भतिज हुन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पहलगाम हमलामा परी २६ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट