२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

वैशाख ११ गतेको ‘युवा उत्सव’मा एमालेका एक लाख युवाको सहभागिता रहने

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघका अध्यक्ष क्षितिज थेवेले लोकतन्त्र प्राप्तिको दिन वैशाख ११ गते नेकपा एमालेले आयोजना गर्न लागेको युवा उत्सवमा एक लाख युवा सहभागी हुने बताएका छन् ।

कार्यक्रमका बारेमा जानकारी दिन युवा संघले बुधवार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन। उनले इतिहासको धरातलमा उभिएर युवाले लोकतन्त्रको उत्सव मनाउन लागेको बताए। उनले नेपालमा ४२ प्रतिशतभन्दा बढी युवा जनसंख्या भएको बताए। घाँस दाउरा गरेर आएको युवा पुस्ता एआईको जमानामा पनि उत्तिकै अपडेट भएर अगाडि बढ्नु पर्ने उनको भनाई छ। नेपालमा रहेका एक करोड युवाको आवाज नै लोकतन्त्र भएको उनको भनाइ छ । उनले बैशाख ११ गतेको उत्सव राष्ट्रप्रेमीहरुको कार्यक्रम भएको जिकिर गरे। उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुनसक्ने दाबी गरे । उनले नेपाली जनताले जितेर लोकतन्त्र प्राप्ति गरेको दिनलाई युवाहरुले उत्सवको रुपमा मनाउन लागेको बताए।

उनले भने, ‘आज हामीले इतिहासलाई सम्झिएर आज हामी जुन धरातलमा उभिएर टेकिरहेको अवस्था छ यो धरातलमा उभिन अवस्था बनाइ दिुनुहुने अग्रजहरुलाई सम्झिएर लोकतन्त्रको प्राप्तिको नेपाली जनताले विजय गरेको दिनलाई ऐतिहासिक क्षणलाई यो ऐतिहासिक दिनलाई डेमेक्रेसी डेलाई अब नेपाली युवाहरुले सेलिब्रेसन गर्नुपर्छ । यो लोकतन्त्रको उत्सव र उत्सवको पनि महाउस्तव रुपमा युवाहरु अगाडि बढ्नुपर्छ । र नेकपा एमालेका तमामा हामी अण्डर फोर्टीका युवाहरु यो उत्सवमा सहभागी हुन आएका छौँ । नेकपा एमालेका अण्डर फोर्टीका एक लाख युवालाई स्वागत गर्नका निम्ति, यो उत्सवमा सहभागी गराउनका लागि र लोकतन्त्र दिवसलाई भरपुर रुपमले मनोरञ्जनमय बनाएर अगाडि बढ्नका लागि अन्तिम तयारी भयो भन्ने जानकारीका साथ यो पत्रकार सम्मेलन आयोजना गरेका छौँ । आज हामी डिजिटल युगको जमानामा छौँ । हाम्रै उमेर समूह जस्ले भिन्नि उतारचडावहरु समयको परिवर्तनको नेतृत्व गर्दै आयौँ । हाम्रै यही उमेर समूहले घाँस दाउरा हलो कोदालो गर्दै स्कुलको अवस्था पार गर्दै एआईको जमानामा डिजिटल युगमा उत्तिकै अपडेट भएर अगाडि बढ्नुपर्ने पुस्ता छौँ । वैशाख ११ गते हामी यो देशको कूल जनसंख्याको ४२ दशमलव ५६ प्रतिशत युवाहरुको जनसंख्या छ । एक करोड युवाको आवाज लोकतन्त्र हो । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै छ । त्यसकारण नेपाली जनताले जितेको दिनको उत्सव हामी मनाउँछौँ ।’

अध्यक्ष थेवेले युवा उद्यमशीलताको सङ्कल्पसहित मनाइने उत्सवमा देश निर्माणको प्रण लिइने बताए। लोकतन्त्र दिवसको अवसरमा आयोजना हुने वैशाख ११ गतेको कार्यक्रममा कलकारहरुले आफ्नो प्रश्तुती दिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट