२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव – निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्नेगरी बजेट ल्याउन सुझाव दिएका छन् ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन। उनले निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्न सुझाव दिए। उनले जुनसुकै क्षेत्रका निर्माण सम्पन्न नभएका परियोजनाहरू भएपनि त्यसलाई सम्पन्न गर्न सरकारको विशेष ध्यानाकर्षण गराए । उनले ५० करोड बराबरका परियोजनाहरू डिपीआर तयार भएर टेण्डर आह्वान हुँदा पनि एक करोडको बजेट मागेको बताए। उनले यस्तो प्रवृत्ति नरोकिए निर्माण रोकिएका परियोजना सम्पन्न हुने टाढाको कुरा रहेको बताउँदै छुटाइएको बजेट पनि सदुपयोग नहुने जिकिर गरे।

उनले भने, “अर्थमन्त्रीज्यूलाई म भएका प्रोजेक्टहरूलाई कम्प्लिट बाटोमा जानुस् भन्छु । जतिसुकै अन–पपुलर हुनु परेता पनि कसैको पनि क्षेत्रमा एउटा सिद्धान्तमा आधारित इन कम्प्लिट प्रोजेक्टहरूलाई कम्प्लिट गर्ने मात्रै प्राथमिकतामा राख्नुस् । ५० करोडका प्रोजेक्टहरू छन्, जसको डिपीआर बनेको छ, टेन्डर भएको छ, एक करोड बजेट माग्या छ । यस्ता म ५० औँ वटा उदाहरण देखाइदिन सक्छु । यस्तो प्रवृत्ति रोकिनुप¥यो । त्यो एक करोडको पनि सदुपयोग हुँदैन, त्यो प्रोजेक्ट कम्प्लिट हुने त कुरै भएन ।”

उनले वर्तमान परिस्थिति र राजश्व उठ्ने परिस्थिति र खर्च गर्ने क्षमतालाई नहेरी नयाँ परियोजनाहरू नराख्न अर्थमन्त्रीलाई आग्रह गरे।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट