२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

जम्मू–कश्मीर आतंकवादी हमलामा मारिएका सुदीपको शव नेपाल ल्याइयो

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं ।  भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव भारतीय पक्षले नेपाली प्रशासनको रोहवरका परिवारलाई जिम्मा लगाएको छ ।

आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको शव नेपाल ल्याइएको हो । सुदिपलाई मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले गोली हानेर हत्या गरेका थिए

उनी त्यहाँ घुम्नका लागि पुगेका थिए । २७ वर्षीय सुदीपआमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको घुमफिरका लागि निस्किएका थिए ।

त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका सुदीपलाई मंगलबार दिउँसो एक्कासी बन्दुकधारी आतंकवादीले गोली हानेर ज्यान लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट