२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

आज एमालेको युवा महोत्सव : काठमाडौंका यी क्षेत्रको सवारी आवगमन प्रभावित

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं। लामो समयदेखिको शिक्षक आन्दोलनले प्रभावित हुँदै आएको काठमाडौंको सवारी आवागमन आज बिहीबार अझै प्रभाव पर्ने भएको छ । नेकपा एमालेले आज प्रदर्शनी मार्गमा युवा महोत्सवको आयोजना गर्दैछ । महोत्सवमा ४० वर्ष मुनिका १ लाख युवाले सहभागिता जनाउने एमालेको दाबी छ । उक्त कार्यक्रमले आवागमनमा थप प्रभाव पार्ने भएको छ।

प्रदर्शनी मार्गमा कार्यक्रमका लागि स्टेज निर्माण भएकाले बिहानैदेखि यस क्षेत्रमा सवारी आवागमन रोकिएको छ। यस क्षेत्र भएर गुड्ने सवारीसाधनलाई पद्मोदयमोड, सभागृहमोड र मोडेल अस्पताल नजिकैबाट ड्राइभर्ट गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कार्यक्रममा आउने ठूला सवारीसाधनलाई टुँडिखेल, साना चारपाङ्ग्रे सवारीसाधनलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र दुई पाङ्ग्रे सवारीसाधनलाई रामशाहपथस्थित पार्किङको व्यवस्था मिलाइएको छ।

शिक्षकहरूको आन्दोलनका कारण माइतीघरबाट नयाँ बानेश्वरतर्फ जाने सवारीसाधनलाई विभिन्न स्थानबाट डाइभर्सन गरिएको छ भने नयाँ बानेश्वरबाट आउने सवारीसाधन भने सर्भिस लेनबाट सञ्चालन भइरहेका छन्।

पिक आवरमा बढेको सवारीसाधनको चापका कारण काठमाडौं उपत्यकास्थित ग्वार्को, लोकन्थली, जडिबुटी, कोटेश्वर, चाबहिल, महाराजगंज, नयाँ बसपार्कगेट, सोह्रखुट्टे, लैनचौर, केशरमहल, पुतलीसडक, पद्मोदयमोड, सिंहदरबार, नागस्थान, माइतीघर, थापाथली, कुपण्डोल र त्रिपुरेश्वर हुँदै चल्ने सवारीसाधन यतिबेला केही क्युमा चलिरहेका छन्।

यसबाहेक अन्य चोकमा भने सवारीसाधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट