२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

बैशाख १७ गते एकता घोषणा गर्दै नागरिक उन्मुक्ति र जनमत पार्टी

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकता गर्ने तयारी छ ।

लामो समयको छलफलपछि यी दुई पार्टी एकताको निष्कर्षमा पुगेका हुन् । तराई मधेशको सबैभन्दा ठूलो दल बनाउने गरी दुई पार्टीबीच एकता घोषणा गर्ने तय भएका अध्यक्ष राउतको सचिवालयले जनाएको छ ।

जनमत र नाउपाबीच नेतृत्व, पार्टीको नाम र चुनाव चिह्न पनि टुंगो लागिसकेको दुवै पार्टीले बताएका छन्। जस अनुसार एकीकृत पार्टीको नाम 'नागरिक जनमत पार्टी' टुंगो लागेको छ भने चुनाव चिह्न नाउपाले प्रयोग गर्दै आएको ढकिया हुनेछ।

एकीकृत पार्टीको नेतृत्व सिके राउतले गर्नेछन्। नाउपा संरक्षक रेशम चौधरी एकीकृत पार्टीको पनि संरक्षक र अध्यक्ष रञ्जिता श्रेष्ठ तेस्रो वरीयतासहित सहअध्यक्ष हुनेछिन्। चौधरीको वरीयता स्थान पहिलो रहनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट