२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताएका छन् ।

२०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो नियतका कारणले प्रकृतिको नियम बिगार्यों भने आफैँ जोखिममा पर्ने बताए ।

गृहमन्त्री लेखकले पर्यावरणलाई स्वच्छ राख्नुपर्ने बताउँदै केन्द्र, प्रदेश, स्थानीय सरकार मिलेर विपद्को न्युनिकरण गर्न जरुरी रहेको बताए ।

उनले आजको दिन विगतका दुःख स्मरण गर्नका सँगसँगै आगामी दिनमा यस्ता पीडाबाट सुरक्षित हुँछौं भन्ने प्रतिवद्धता पनि व्यक्त गर्ने दिन रहेको उल्लेख गरे । सरकार भनेको प्रधानमन्त्री, मन्त्रीहरु मात्रै नभइ समग्र नागरिक रहेको बताए ।

नागरिकहरु कुनै न कुनै हिसावले सरकारसँग जोडिने भएकाले सबै मिलेर विपद्बाट जोगिनका लागि काम गर्नुपर्ने सुझाव दिए । उनले प्रकृति नियमले र मानिस नियतले चल्ने भएकाले मानिसको नियतका कारण प्रकृतिको नियम बिगार्न नहुने बताए ।

गृहमन्त्री लेखकले नेपाल अत्यन्त जोखिमपूर्ण भूगोलमा रहेको उल्लेख गर्दै जुनसुकै बेलामा जे पनि हुनसक्ने स्थिति रहेकाले शतर्क भएर रहनुपर्ने बताए । अतिवृष्टि, खोलानालामा बाढी आउने र पहिरो जाने कुराको केही पूर्वानुमान गर्नसके पनि भूकम्पको बारेमा पूर्वानुमान गर्न नसकिने उल्लेख गरे ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट