काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार प्रतिनिधि सभालाई गर्नेृ भनिएको सम्बोधन स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको जानकारी दिए ।
बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने तय भए पनि अन्तिम अवस्थामा स्थगित भएको हो।
विपक्षी दलका नेता प्रचण्ड र सत्तारुढ दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने भएकाले ओलीले आज बोल्ने कार्यक्रम रोकिएको हो। वैशाख २८ गते प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् ।
यसैबीच, प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर अनुसार यही १९ वैशाखमा संसद्मा आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रममाथि संसद्मा ५ दिन छलफल हुनेछ भने २८ वैशाखमा प्रधानमन्त्रीले जवाफ दिने गरी कार्यक्रम प्रस्तावित छ ।
प्रतिक्रिया दिनुहोस