२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

'सरकार परिवर्तन हुँदैछ' भन्ने समाचार पढेर छक्क परेँ : परराष्ट्रमन्त्री राणा

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री  डा.आरजु राणा देउवाले 'सरकार परिवर्तन हुँदैछ' भन्ने समाचार हल्ला र मनोरञ्जनका लागि आउने गरेको बताएकी छिन् । 'सरकार परिवर्तन हुँदैछ' भनेर प्रकाशित समाचार पढेर आफू छक्क परेको उनको भनाइ छ ।

थाइल्याण्डमा सम्पन्न युनाइटेड नेशन इकोनोमिक एण्ड सोसल कमिसन फर एशिया एण्ड द प्यासिफिक (युनएनएसक्याप) ८१औँ सम्मेलनमा भाग लिएर शुक्रबार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री डा. राणाले सञ्चारकर्मीहरुको प्रश्नमा यस्तो बताएकी हुन् ।

थाइल्याण्डमा सम्पन्न युएनएसक्याप सम्मेलनमा आफूले गरेको अध्यक्षताले नेपालको अन्तर्राष्ट्रिय छवि राम्रो भएको उनको दाबी छ । उनले सम्मेलनमा एशिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको जानकारी दिइन्। उनले भूपरिवेष्ट्रि तथा ९२ साना राष्ट्रहरु सम्मिलितमा बैठकमा दिगो विकासका लक्ष्यहरु हासिलका लागि क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सहयोगका बारेमा छलफल भएको बताइन् ।

उनले भ्रमणका क्रममा नेपालमा हुन लागेको सगरमाथा संवादका बारेमा पनि छलफल भएको बताइन् । नेपालले व्यापारसम्बन्धी पाइरहेको सहुलियतहरु विकासिल राष्ट्रमा स्तरोन्नति भएपछि के हुन्छ भन्नेबारे पनि छलफल भएको उनको भनाइ छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट