२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

राजसंस्थाको पक्षमा बोल्दैमा प्रजातन्त्रको विरोधी हुँदैन : अध्यक्ष लिङ्देन

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको पक्षमा बोल्नु लोकतन्त्रको विरोधी नभएको बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राजसंस्था र प्रजातन्त्र एकआपसको विकल्प नभएको बताए । उनले विश्वमा धेरै सम्पन्न देशहरुमा राजसंस्था र प्रजातन्त्र सँगसँगै अघि बढेको बताए ।

उनले राजसंस्थाको पक्षमा बोल्दैमा प्रजातन्त्रको विरोधी भनेर गलत भाष्य निर्माण नगर्न आग्रह गरे । उनले लोकतन्त्रको वकालत गर्दैमा कोही लोकतन्त्रवादी हुन नसक्ने जिकिर गरे। उनले राजसंस्थाको पक्षमा वकालत गर्ने राजनीतिक दलहरुलाई निरंकुश व्यवहार गर्ने ठूला राजनीतिक दलहरु कसरी लोकतन्त्रवादी भए भनेर प्रश्न गरे।

उनले भने, ‘राजासंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भन्ने गलत भाष्य निर्माण गरिएको छ यो गरिमामय संसदमा र जनताका प्रतिनिधिहरुले त्यो गलत परिभाषा लगाउनु हुँदैन भन्ने चाहन्छु । राजसंसथाको कुरा गर्नु प्रजातन्त्र र लोकतन्त्रको विरोध गर्नु होइन ।  राजसंस्था र प्रजातन्त्र एकआपसका विकल्प होइनन् । दुनियाँका धेरै समृद्धि देशहरु छन् सुखी र सम्पन्न देशहरु छन् जहाँ लोकतन्त्र र राजसंस्था सँगसँगै छन् त्यसकारण कसैले यहाँ वा राप्रपाले यहाँ राजसंस्था वा राजाको पक्षमा कुरा गर्नु लोकतन्त्रको विरुद्धमा होइन । यो गलत भाष्य गलत भाष्य निर्माण नगरियोस् भनेर सबै राजनीतिक दलहरु र माननीय सदस्यहरुलाई आग्रह गर्न चाहन्छु । लोकतन्त्रको विरोधी को छ र लोकतन्त्रको पक्षमा को छ भन्ने कुरा व्यवहारले देखाउने कुरा हो । लोकतन्त्रको डंका पिटेर त्यो लोकतन्त्रवादी हुँदैन । व्यावहारमा निरंकुश चरित्र गर्ने हिजो राजाले यस्तो गरेको थियो भनेर अरु दलहरुमाथि अरु विपक्षीहरुमाथि आफू निरंकुश व्यवहार गर्ने अनि आफू चाहीँ ठूलो लोकतन्त्रवादी हुने ।’

अध्यक्ष लिङदेनले सरकारले ल्याउने बजेट वर्तमान अवस्थाको अर्थतन्त्रलाई सम्बोधन गर्नेगरी ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट