२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

गभर्नर नियुक्तिमा भइरहेको चलखेल घाम जत्तिकै छर्लङ्ग छ : वर्षमान पुन

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गठन भएको दश महिनासम्म सरकारले विचौलियाको संरक्षण र प्रतिपक्षी दलहरुसँग प्रतिशोधन साँध्नेबाहेक केही गर्न नसकेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। धितोपत्र बोर्ड, बीमा प्राधिकरणजस्ता नियामक निकायमा भएका नियुक्ति र स्वार्थ समूहले आफ्नो प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न गरिरहेको चलखेल दिनको घाम जत्तिकै छर्लङ्ग भएको उनको भनाइ छ ।

उनले 'सरकारले विचौलियाको हितमा काम गरिरहेको छ' भन्दा आफूहरुलाई सरकारबाट हट्दाको छटपटि भनियो भन्दै आक्रोश व्यक्त गरे । उनले प्रतिपक्षीले मात्र नभई आम नेपाली नागरिकले समेत वर्तमान सरकार दलाल, विचौलिया र स्वार्थ समूहको सरकार भनिरहेको उल्लेख गरे ।

उनले भने, ‘१० महिनासम्म सरकारले दलाल र विचौलियाहरुको संरक्षण र प्रतिपक्षी दल र नेताहरुसँग प्रतिशोध साँध्ने बाहेक सरकारले केही गरेको छैन । धितोपत्र बोर्ड, बीमा प्राधिकरणजस्ता नियामक निकायमा भएका नियुक्ति र स्वार्थ समूहले आफ्नो प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न गरिरहेको चलखेल दिनको घाम जत्तिकै छर्लङ्ग भएको छ । हामीले यो सरकारको विचौलियाको हितमा काम गरिरहेको छ भन्दा सरकारबाट हट्दाको छटपटि भनियो । आज हामीले मात्र होइन घरघरमा, सार्वजनिक मञ्चमा र सबैतिर सरकारले यो सरकार विचौलिया, दलाल र स्वार्थ समूहको सरकार भनिरहेका छन् ।’

सरकार गठनको १० महिनासम्म समेत प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति सार्वजनिक नगरिएको भन्दै किन गाह्रो भएको हो सरकार रु भन्दै प्रश्न गरे ?

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट