२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सर्लाही भन्सारमा राजस्व संकलन घट्यो, चैतसम्म ४१ करोड

आइतवार , बैशाख १४, २०८२

सर्लाही । जिल्ला भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैतसम्म ४१ करोड बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१÷८२ को चैतसम्म कुल ४१ करोड ७४ लाख ३३ हजार ४३३ रुपैयाँ राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यले जानकारी दिए । यस आवको नौ महिनामा चार महिनामात्र भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गरेको छ । पाँच महिना लक्ष्यभन्दा कम राजस्व संकलन भएको उनले बताए ।

भन्सारबाट हाल संकलन भएको राजस्व लक्ष्यको ९५.०४ प्रतिशतमात्र हो । आवको सुरु महिना साउनमा लक्ष्यको १११.०८ प्रतिशत अर्थात् चार करोड ९४ लाख ४१ हजार ५५५ रुपैयाँ संकलन भएको थियो । दोस्रो महिना भदौमा लक्ष्यको अत्यधिक कम ४३.७१ प्रतिशत अर्थात् दुई करोड १३ लाख ७५ हजार ६३८ रुपैयाँ मात्र राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ ।

यस्तै असोजमा लक्ष्यको ६७.२२ प्रतिशत अर्थात्रु दुई करोड ८० लाख ५३ हजार ८४५ रुपैयाँ राजस्व संकलन भएको छभने कात्तिकमा ९०.९३ प्रतिशत चार करोड १८ लाख १७ हजार ६३१, मङ्सिरमा १२४.३१ प्रतिशत छ करोड ७२ लाख ४९ हजार २९४, पुसमा अहिलेसम्मकै धेरै १२७.३७ प्रतिशत अर्थात् छ करोड ७९ लाख नौ हजार ६०१ रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्कानुसार माघमा लक्ष्यको ११७.७५ प्रतिशत अर्थात् पाँच करोड ९३ लाख ४६ हजार ८२८, फागुनमा ९२.५८ प्रतिशत अर्थात् चार करोड ९३ लाख २९ हजार र चैतमा लक्ष्यको ७१.७८ प्रतिशत अर्थात् तीन करोड ६५ लाख ७१ हजार ५१० राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत डम्बरबहादुर बस्नेतले जानकारी दिए । यस वर्ष तरकारी आयात गत वर्षको भन्दा कम भएकाले राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको उनले बताए ।

यस भन्सार कार्यालयबाट प्लाइ निर्यात हुने गरेको छभने प्लाइ उद्योगका लागि आवश्यक सामग्री, थोरै मात्रामा धान, तरकारीलगायत सामान आयात हुँदै आएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट