२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारे : प्रधानमन्त्री ओली

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारेको अरोप लगाएका छन् ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन् । उनले पूर्वअर्थमन्त्री पुनको नाम नलिकनै यसअघिका अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटका कारण देशको अर्थतन्त्र ध्वस्त भएको बताए ।

उनले संसदमा सम्बोधन गर्दा लाज पचाएर बोल्ने गरेको बताउँदै आफैँ देशको अर्थतन्त्र ध्वस्त पार्ने र आफैँ अर्ती दिँदै हिँड्ने गरेको बताए । उनले अहिलेको सरकार अघिल्लो सरकारले ध्वस्त पारेको अर्थतन्त्रलाई उठाउने काम गरिरहेको बताए । उनले अघिल्लो सरकारले अर्थतन्त्र भताभुङ्ग पारेको, पैसा आउनुपर्ने ठाउँ कहीँ बाँकी नराखेको, ढिकुटीमा पैसा थोपो नराखेको, ऋणै ऋणमा फसाइदिएको, उखु बेचेका किसानलाई उखुको, दुध बेचेका किसानलाई दुध बेचेको पैसा नदिएको आरोप लगाए ।

उनले भने, ‘अहिलेको सरकार समयको आवश्यकताले बनेको हो । नत्र भने नेपाली काँग्रेस जस्तो पुरानो पार्टी, नेकपा एमाले जस्तो पुरानो दुई प्रमुख र प्रतिष्पर्धी दलहरु यसरी बस्ने थिएनन् । एउटै सरकारमा बस्ने थिएनन् । तर देशको परिस्थिति हेरेर । अस्थिरताले देश खान थाल्यो । स्थायित्व भएन । स्थिरता भएन । देश बर्बाद हुन थाल्यो । अर्थतन्त्र आरालो लागेको लाग्यै छ ।

अहिले अघिल्लो सरकारले भताभुङ्ग पारेको, आउनुपर्ने ठाउँ कहीँ बाँकी नराखेको, ढिकुटीमा पैसा थोपा नराखेको । तिर्नपर्ने मात्रै बाँकी । खर्बौं जम्मा गरिदिएको । ऋणै ऋणमा फसाइदिएको । त्यो पनि दीर्घकालीन ऋण होइन, अहिलेको अहिले ठेकदारलाई तिर्नुपर्ने, काम गराएको तिर्नुपर्ने । उखु बेचेका किसानलाई उखुको, दुध बेचेका किसानलाई दुध बेचेको पैसा तिर्नुपर्ने । दुध लियो, बेच्यो । झ्वाम्म । त्यस्तो स्थितिमा पुर्याएको सन्दर्भमा अहिले हामीले फेरि त्यहाँ पुर्याउने लाज छैन फेरि । अस्तिको दिनमात्रै पाल्र्यामेण्टमा बोलेको सुन्दा अचम्म लाग्यो ।

लाज लाग्ने । कस्तो शर्म नलागेको हो । यस्तो पार्ने बजेट प्रश्तुत गर्ने मान्छे, गत वर्ष मात्रै प्रस्तुत गर्ने मान्छे, बजेटले देश बर्बाद पार्ने उनलाई अफ्ठ्यारै लागेको छैन । उही पण्डित उही जान्ने ।’

प्रधानमन्त्री ओलीले अर्थतन्त्र बिस्तारै सुधार हुँदै गएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट