२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

उडड्यन क्षेत्रको व्यापक सुधारको लागि आवश्यक ऐनहरु निर्माण गर्ने गृहकार्यमा छौं : मन्त्री पाण्डे

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको उडड्यन क्षेत्रमा व्यापक सुधारको आवश्यकता रहेको उल्लेख गर्दै त्यसको लागि आवश्यक ऐनहरु बनाउने गृहकार्यमा सरकार रहेको बताएका छन् ।

प्रतिनिधि सभाको आईतबारको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक’माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

सरकार हवाई नीति परिवर्तन गर्ने तयारीमा रहेको उनको भनाइ छ । उनले अन्तर्राष्ट्रिय यात्रुहरुले प्राप्त गर्ने बीमा र आन्तरिक यात्रुहरुले प्राप्त गर्ने बीमामा ठुलो अन्तर रहेको उल्लेख गर्दै त्यसको समायोजन र पुनरावलोकन गर्न ऐन बनाउने तयारीमा जुटेको समेत बताए । उनले हवाई दुर्घटना जाँचबुँझसँग सम्बन्धित स्थायी प्रकारको ऐन आवश्यक रहेको उल्लेख गर्दै त्यसको मस्यौदा लेख्ने काम केही दिनमा सुरु गरिने दाबी गरे ।

उनले भने, ‘हामी हवाई नीति परिवर्तनको पनि तयारीमा छौं । त्यसैगरी उड्डयनसम्बन्धी छाता ऐनको रुपमा हवाई ऐनको मस्यौदाको काम अगाडि बढेको छ । अरुपनि थुप्रै त्यस्ता ऐनहरु बनाउनुपर्नेछ । अन्तर्राष्ट्रिय यात्रुहरुले प्राप्त गर्ने बीमा र आन्तरिक यात्रुहरुले प्राप्त गर्ने बीमामा ठुलो अन्तर छ ।

त्यसको समायोजन र पुनरावलोकन गर्नुपर्ने सम्बन्धमा पनि हामी ऐन बनाउने तयारी गरिरहेका छौं । हामी हवाई दुर्घटना जाँचबुँझसँग सम्बन्धित स्थायी प्रकारको ऐन चाहिएको हुनाले त्यससँग सम्बन्धी ऐनको मस्यौदा तयार गर्ने तयारीमा पनि हामी छौं। ’

उनले पोखरा र गौतमबुद्ध विमानस्थल नियमित रुपमा सञ्चालन गर्न समेत सरकार लागिपरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट