२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

स्थानीय तहमा विपद् न्यूनीकरण गर्न आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा मन्त्री लेखकको जोड

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहहरूमा आपत्कालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।

आज गृहमन्त्रीसँग विपद् संवाद शुभारम्भ कार्यक्रममा उनले विपद्का घटनासँग सबैभन्दा नजिक स्थानीय तह हुने गरेकाले त्यसलाई मजबुद बनाउन आवश्यक रहेको बताएका हु्न्। “यहाँबाट तपाईं हामी बसेर नीतिनिर्माण गर्ने हो”, गृहमन्त्री लेखकले भने, “यसलाई लागू गर्ने भनेको स्थानीय तहले भएकाले स्थानीय तहरूलाई सक्षम बनाउन पनि आपत्कालीन गोदाम घर अनिवार्य आवश्यकता हो ।” उनले हरेक स्थानीय तहमा आपत्कालीन गोदामघर स्थापना गरेर त्यस आधारभूत सामग्रीहरू राख्नुपर्ने बताए।

“प्रत्येक पालिकमा गोदामघर बनाऔँ, त्यो भनेको छुट्टै घर, जग्गा, गोदाम बनाउनुस् भनेको होइन । प्रत्येक पालिकाका आफ्ना कार्यालय छन्, ती कार्यालयको एउटा कोठालाई गोदामघर भनेर तोकिदिए हुन्छ”, मन्त्री लेखकले भने, “त्यसमा आधारभूत सामग्री राखौँ । ती गोदामघरलाई सङ्घ र प्रदेश सरकारले पनि आवश्यक सहयोग गरौँ । तर आधार स्थानीयलाई बनाऔँ । हामी सबै त्यसमा समन्वय गर्न तयार छौँ ।”

उनले चार वटा प्रदेशमा आपत्कालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको जानकारी दिँदै काठमाडौँबाहेक अन्य गोदामघर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गरिने उल्लेख गरे। “प्रदेशका विमानस्थलमा स्थापना गरिएका गोदामघरबाट विपद्का बेला एउटा कम्बल झिक्न पनि काठमाडौँमा प्राधिकरणसँग समन्वय गर्नुपर्ने स्थिति थियो”, उनले भने, “अहिले नीतिगत तहबाट निर्णय गर्दै सबै अधिकार प्रदेश सरकारलाई दिएर गोदामघर हस्तान्तरण गर्ने काम भएको छ ।”

विपद् व्यवस्थापनका विषयमा सञ्चार जगतको महत्त्वपूर्ण भूमिका रहने गृहमन्त्रीको भनाइ छ । “विपद्का विषय सम्बोधन हुनका लागि पूर्वसूचना समयमा हुनुप¥यो”, उनले भने, “विपद्का बेला गरिने प्रतिकार्य, राहत, पुनर्निमाण र पुनःस्थापन महत्त्वपूर्ण विषय हुन् ।” उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सङ्गठित भएर सबै लाग्नुपर्नेमा जोड दिए।

“तपाईंहरूले सिकेका ज्ञान, सीप अनुभवले यो क्षेत्रलाई व्यवस्थित गर्न, नागरिकलाई हुनसक्ने जोखिमबाट जोगाउने काम गर्न सक्छौँ”, लेखकले भने , “त्यसका लागि सङ्गठित रूपले अगाडि बढ्नसके परिणाम दिनेछ । जोखिम न्यूनीकरण गर्न काम गर्न सकिन्छ ।”

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट