२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

पब्लिक कम्पनीमा जाने यती एयरलाइन्सको तयारी

सोमवार , बैशाख १५, २०८२

काठमाडौं। यती एयरलाइन्‍सले क्षेत्रीय आइपीओ जारी गरेर क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाएको छ ।

आउँदो दुई वर्षभित्र यतीले भारतका कोलकाता, लखनाउ, बोधगया लगायतका गन्तव्यमा उडान गर्ने योजना अगाडि बढाएको यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले जानकारी दिएका छन् ।

शेर्पाका अनुसार यती एयरलाइन्सलाई असोजभित्र पब्लिक कम्पनीमा लाने तयारी गरिएको छ । अन्तर्राष्ट्रिय चार्टर्ड उडानको अनुमति पाइसकेको यतीले केही गन्तव्यमा उडान पनि भरिसकेको छ । आइपीओ जारीपछि क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्ने तयारी रहेको शेर्पाले बताएका छन् ।

क्षेत्रीय अन्तर्राष्ट्रिय उडानका लागि जहाज संख्या थपेर १२ वटा पुर्‍याउने कम्पनीको योजना छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट