काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा वृद्धि आएको छ । सोमबार चौध सयको गिरावट आएको सुनको मूल्यमा मंगलबार पाँच सयको वृद्धि आएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा पाँच सयको वृद्धिसँगै प्रतितोला एक लाख ८८ हजार ८०० कायम भएको छ । सोमबार सोही परिमाणको सुनको मूल्य एक लाख ८८ हजार ३०० रुपैयाँ थियो ।
मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस