२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘विकास निर्माणको काममा ढिलाइ गर्न हुँदैन, नारायणगढ-बुटवल सडक समयमै सम्पन्न गर्नुपर्छ’

मंगलवार , बैशाख १६, २०८२

काठमाडौँ । सांसद अमरेशकुमार सिंहले विकास निर्माणको काममा ढिलाइ गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले नारायणगढ-बुटवल सडकखण्ड समयमै निर्माण गर्न सरकारसँग माग गरे ।

“सडक निर्माणमा ढिलाइ हुँदा लुम्बिनी घुम्न जाने पर्यटकलाई कठिनाई भएको छ”, सांसद सिंहले भने ।

यस्तै सांसद प्रभु साहले सरकारी बजेट प्रयोग गर्ने प्रतिष्ठान र सङ्घसंस्थााई कानुनी दायरामा ल्याउनुपर्ने बताए । केही सङ्घसंस्था र प्रतिष्ठान पार्टीगत र व्यक्तिगत स्वार्थमा प्रयोग भएकामा उनले आपत्ति व्यक्त गरे ।

सांसदहरु देवप्रसाद तिमिल्सिना, दामोदर पौडेल र जावेदा खातुनले आन्दोलनरत शिक्षकहरुका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद नागिना यादवले तराई मधेसमा नाला निर्माणका क्रममा स्थानीयको घर भत्काउने काम भइरहेको उल्लेख गर्दै अदालतको आदेशलाई समेत स्थानीय प्रशासनले अटेर गरेको आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार