२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

श्रमिकको अधिकार सुनिश्चिताका लागि सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी

बिहिवार , बैशाख १८, २०८२

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत् सिह भण्डारीले आन्तरिक तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको अधिकार सुनिश्चिताका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले सबै श्रमजीवी तथा रोजगारदातालाई एकजुट भई श्रमिक अधिकारको संरक्षण, सामाजिक न्याय र समावेशी समृद्धिको दिशामा अघि बढ्न आह्वान गरेका छन् ।

मुलुकको दीर्घकालीन समृद्धि र सामाजिक प्रगतिमा श्रमिकको अमूल्य भूमिका हुने चर्चा गर्दै मन्त्री भण्डारीले श्रम ऐन, वैदेशिक रोजगार ऐन लगायत श्रमसँग सम्वन्धित कानून तथा नीति सुधारका काम प्रारम्भ भएका सन्देशमा उल्लेख गरेका छन् ।

सन्देशमा श्रममन्त्रीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट