२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

विष्णु पौडेलको गिरफ्तारी पूर्वाग्रही र प्रतिशोधपूर्ण, कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्छौँ : शंकर पोखरेल

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई पूर्ण रूपमा पूर्वाग्रही र राजनीतिक प्रतिशोधपूर्ण कदमको संज्ञा दिएका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले राज्यका अनुसन्धान गर्ने निकायहरू अदृश्य शक्तिकेन्द्रको प्रभावमा परेर सञ्चालन भइरहेको गम्भीर संकेत देखिएको आरोप लगाएका हुन् ।

महासचिव पोखरेलले उपाध्यक्ष पौडेललाई नियन्त्रणमा लिने प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाएका छन् । सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकले केही समयअघि पौडेललाई आफैँ फोन गरेर काठमाडौँ आएपछि सम्पर्क गर्न अनुरोध गरेको र त्यसको केही समय नबित्दै एकाएक सुर्खेत प्रहरीलाई पत्राचार गरी नियन्त्रणमा लिन निर्देशन दिएको दाबी पोखरेलले गरेका छन् । फोन गरेर बोलाइसकेको अवस्थामा छापामार शैलीमा प्रहरी परिचालन गरिनुले नियत सफा नरहेको उनले स्पष्ट पारेका छन् ।

अनुधान तथा न्यायिक प्रक्रिया कहिल्यै पनि राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा सस्तो लोकप्रियता कमाउने उद्देश्यबाट प्रभावित हुन नहुने धारणा पोखरेलले राखेका छन् । राज्यका सबै जिम्मेवार निकायहरू स्वतन्त्र, निष्पक्ष र कानुनसम्मत ढङ्गले मात्रै सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले एमाले सधैँ न्यायपूर्ण समाज र निष्पक्ष न्यायको पक्षमा अडिग रहेको उल्लेख गरे । ूवास्तविक दोषीहरू कानुनी दायरामा आउनुपर्छ, त्यसमा हाम्रो आपत्ति छैन, पोखरेलले अगाडि भनेका छन्, तर निर्दोष व्यक्तिलाई राजनीतिक पूर्वाग्रह र रिसइबीका आधारमा कारबाहीको दायरामा ल्याउन खोज्नु स्वीकार्य छैन।

उपाध्यक्ष पौडेलको गिरफ्तारी सरकारको प्रत्यक्ष निर्देशनमा सस्तो लोकप्रियता हासिल गर्ने सङ्कुचित उद्देश्यले गरिएको आरोप लगाउँदै महासचिव पोखरेलले यस कदमको एमालेले कानुनी र राजनीतिक दुवै रूपमा सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् । एमालेका प्रभावशाली नेता पौडेलको अचानकको गिरफ्तारीले राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग र सरगर्मी पैदा गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट