काठमाडौं / बहुचर्चित टेरामक्स खरिद प्रकरणमा दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ अन्तिम समयमा स्थगित भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रणाली खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सोही मुद्दाको सुनुवाइका लागि विशेष अदालतले मंगलबार पेसी तोकेको भए पनि प्रतिवादी पक्षका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि इजलासले आजको कार्यसूचीबाट मुद्दा हटाएको हो।
यो मुद्दाको सुनुवाइ विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासमा हुने तय गरिएको थियो।
टेरामक्स खरिद प्रकरणमा अख्तियारले पूर्वमन्त्री तथा मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्ध करिब ३ अर्ब रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ। सार्वजनिक खरिद प्रक्रियामा अनियमितता तथा राज्यलाई आर्थिक हानि पु¥याएको आरोपमा उनीहरूमाथि अभियोजन गरिएको हो।
प्रतिक्रिया दिनुहोस